२९ असार २०८३, सोमबार

मोदीलाइज शब्द अंग्रेजी शब्दकोशमा परेको भन्ने राहुल गान्धीको दाबी झूटो साबित

मोदीलाइज शब्द अंग्रेजी शब्दकोशमा परेको भन्ने राहुल गान्धीको दाबी झूटो साबित

काठमाडौं – भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले बिहीवार ट्वीट गरेर मोदीलाई (मोदी झूट) शब्द अंग्रेजी शब्दकोशमा राखिएको दाबी गरे ।

कांग्रेस तथा अन्य विपक्षी दलका नेता र कार्यकर्ताले नरेन्द्र मोदीमाथि झूटो बोलेको आरोप लगाउँदै उनका लागि मोदीलाई शब्द प्रयोग गर्ने गरेका छन् । 

कांग्रेस अध्यक्षले ट्वीटसँगै स्क्रीनशट शेयर गरे जसमा यो शब्दको अर्थ राखिएको छ : लगातार सत्यलाई परिवर्तन गर्ने, लगातार र बानी जस्तै गरी झूटो बोल्नु वा नथाकिकन झूटो बोल्नु । 

स्क्रीनशटमा यी शब्दलाई वाक्यका रूपमा प्रयोग गरेर पनि देखाइएको थियो । 

उनले लेखे, ‘अंग्रेजी शब्दकोशमा एउटा नयाँ शब्द छ । यसको प्रविष्टिको स्न्यापच्याट अट्याच छ ।’ यससँगै राहुलले स्माइली पनि प्रयोग गरेका छन् । 

स्क्रीनशट हेर्दा अक्सफोर्ड लिभिङ डिक्सनरीज जस्तो देखिन्छ तर वेबसाइटमा सर्च गर्दा यस्तो शब्द नै भेटिएन । 

अक्सफोर्ड डिक्सनरीजको आधिकारिक ट्विटर ह्यान्डलले ट्वीट गरेर यस्तो शब्द आफूहरूको डिक्सनरीमा नभएको जनायो । 

राहुल गान्धीको ट्वीटमा जवाफ फर्काउँदै अक्सफोर्ड डिक्सनरीजले लेख्यो, ‘मोदीलाई शब्दको प्रविष्टि झूटो हो र यो शब्द हाम्रो शब्दकोशमा छैन ।’

राहुल गान्धीले अर्को एक ट्वीट गर्दै एउटा वेबसाइटको लिंक शेयर गरे अनि लेखे, ‘मोदीलाई नयाँ शब्द हो र यो संसारभरि लोकप्रिय भइरहेको छ । अब त एउटा वेबसाइटले पनि मोदीलाइजको हिसाब राख्न थालेको छ ।’

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्