३० जेठ २०८३, शनिबार

नक्कली प्रमाणपत्रमा तानिए डीएसपी, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

नक्कली प्रमाणपत्रमा तानिए डीएसपी, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं –नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको र लाभ तथा सुविधा समेत लिएको देखिएकाले भ्रष्टाचार निवारण ऐनअन्तर्गत अख्तियारले मुद्दा दायर गरेको हो ।

'शैक्षिक प्रमाणपत्र शंकास्पद् रहेकाले छानबिन गरी पाउँ भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज प्रहरी नायव उपरीक्षक बाबुराम अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आई.कम) तहको शैक्षिक प्रमाणपत्र झुट्टा (नक्कली) भएको र निजले नियुक्ति पाउने उद्देश्यले सोही झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा समेत लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निज राष्ट्रसेवक बाबुराम अधिकारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ,' अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्