०४ साउन २०८३, सोमबार

आज बुुद्ध जयन्ती : राष्ट्रपति भण्डारी लुुम्बिनी आउँदै, प्रधानमन्त्री विभिन्न कार्यक्रममा सहभागी

जेठ ४, २०७६
आज बुुद्ध जयन्ती : राष्ट्रपति भण्डारी लुुम्बिनी आउँदै, प्रधानमन्त्री विभिन्न कार्यक्रममा सहभागी

बुुटवल – आज शनिवार २५६३ औं बुुद्ध जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।

बुुद्ध जयन्तीको अवसरमा लुुम्बिनीलाई सिगारेर झकिझकाउ बनाइएको छ । 

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । आज शनिवार लुम्बिनीमा बुुद्ध जन्यती भव्य समारोह आयोजना गरी मनाइँदैछ । बुुद्ध जयन्तीमा विभिन्न देशमा भिक्षुुहरू लुुम्बिनी आउछन् ।

बुुद्ध जयन्ती मनाउन शनिवार प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साँझ नै लुम्बिनी आइसकेका छन् । प्रधानमन्त्रीले शुक्रवार साँझ शान्ति दीप प्रज्जवल गरेका थिए । शनिवार बिहान मायादेवी मन्दिरमा विशेष पुुजा गर्ने, शान्ति  यालीको शुुभारम्भ गर्ने, भिक्षुु भिक्षुुणीहरुलाई भोजन दान गर्ने, वृक्षारोपण गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुुनी शाक्यले बताए ।

बुुद्ध जयन्तीको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम छ । राष्ट्रपतिले प्रदेश सरकारले घोषणा गरेको लुुम्बिनी भ्रमण वर्षको पनि शुुभारम्भ गर्नेछिन् । २०७६ लाई लुुम्बिनीमा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ प्रदेश सरकारले लुुम्बिनी भ्रमण वर्ष घोषणा गरेको ५ नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।

कमेन्ट गर्नुहोस्