३० असार २०८३, मंगलबार

एक सय २० किलो गाँजासहित दुई जना पक्राउ

एक सय २० किलो गाँजासहित दुई जना पक्राउ
सांकेतिक तस्वीर

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२० किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयले लागुऔषध गाँजासहित ना३ख ३७१५ नंको ट्रक, ट्रकचालक तथा धनी र सवार एकलाई सार्वजनिक गरेको हो । 

प्रहरीले ट्रक धनी तथा चालक मकवानपुरको राँक्सीराग गाउँपालिकाका २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार राँक्सीराग गाउँपालिकाकै नमराज दर्जीलाई पक्राउ गरी अनुसन्धान तथा कारवाही अगाडि बढाएको जनाएको छ ।

प्रदेश नं ३ प्रहरी कार्यालयमा प्राप्त विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ । कसुर सावित भएमा लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरिवानाका साथै सवारीसाधनसमेत जफत हुने प्रावधान छ ।

salt training

कमेन्ट गर्नुहोस्