
डडेल्धुरा- नेपाल विद्यार्थी संघका दुर्गा कापडीले एक विद्यालयलाई पुस्तक सहयोग गरेका छन् ।
कापडीले भुवनेश्वरी माध्यामिक विद्यालयलाई पाँच सय थान पुस्तक सहयोग गरेका हुन् ।
उनले नेपाली कांग्रेस गाउँ इकाइ सभापतिमार्फत विद्यालयलाई पुस्तक हस्तान्तरण गरे ।
विद्यालयका प्रधानाध्यापक जयराज भट्टका अनुसार कापडीले लगभग २ लाख रुपैयाँ बराबरको पुस्तक सहयोग गरेका हुन् ।