०६ साउन २०८३, बुधबार

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं– बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

देहीमाडौंबाट गिरेगडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिकाको वडा नम्बर ११ नानीगाडमा आइतवार दिउँसो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दशरथचन्द नगरपालिकाका हिरा बल्लभ भट्ट, नरुली भट्ट र लालमुनी भट्ट रहेका छन् ।

जीपमा ६ जना सवार रहेका र अन्य तीन जना घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नेत्रमणि गिरीले लोकान्तरलाई जानकारी दिए । 

कमेन्ट गर्नुहोस्