०९ असार २०८३, मंगलबार

इङ्ल्यान्डद्वारा विश्वकप खेल्ने टोली घोषणा, को–को परे टीममा ?

जेठ ७, २०७६
इङ्ल्यान्डद्वारा विश्वकप खेल्ने टोली घोषणा, को–को परे टीममा ?

इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि मंगलबार १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

इयान मोर्गनको कप्तानीमा रहेको इङ्ल्यान्ड टोलीमा जोय रुट, जोन्नी बेस्ट्रो, जासन रोय, जोस बट्लर, मोइन अली, क्रिस वाकोस, बेन स्ट्रोक्स, आदील राशिद, लाइम प्लङकेट, जेम्स भिन्स, आर्चर जोफ्रा, टम करन, जो डेन्ली र मार्क वुड छन् ।  यस्तै टोलीमा नयाँ अनुहारको रुपमा अलराउन्डर जोफ्रा आर्चरले मौका पाएका छन् । 

पाँचौं पटक विश्वकपको आयोजना गर्न लागेको इङ्ल्यान्डले हालसम्म उपाधि जित्न सकेको छैन । प्रतियोगिता मे ३० देखि सुरु हुने छ भने  खेलहरु इङ्ल्यान्ड र वेल्समा खेलिने समाचारमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्