०४ असार २०८३, बिहीबार

मोडल खुश्बु ओलीलाई कैद

जेठ ८, २०७६
मोडल खुश्बु ओलीलाई कैद
फाइल तस्बिर

काठमाडौं– चेक बाउन्स मुद्धामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सुनाएको छ । 
अदालतले तीन हजार रुपैयाँ जरिवानासहित चेक बाउन्सबापतको ३६ लाख रुपैयाँ बिगो पीडितलाई भराउन समेत भनेको छ । 
आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ–काठमाडौं जिल्ला न्यायाधीश डा श्रीकृष्ण भट्टराईको इजलाशले मंगलबार यस्तो फैसला सुनाएको हो । सप्तरीका गोपाल बहादुर कटवालसँग सापटी लिएको रकमबापत ओलीले दिएको चेक बाउन्स भएपछि प्रहरीले गत १९ साउनमा अदालतमा मुद्दा चलाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्