
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले अनौपचारिक संवाद अघि बढाएको छ । यसअघि विभिन्न राजनीतिक समूहसँग वार्ता गर्न गठित सोमप्रसाद पाण्डे नेतृत्वको समितिले नै चन्द नेतृत्वको पार्टीसँग अनौपचारिक कुराकानी गरिरहेको वार्ता टोलीका एक सदस्यले बताए ।
‘सरकारले सुरुमा धरपकड र पक्राउ गरेर दमन गर्ने नीति लिएको थियो, त्यो चरण पूरा भयो,’ तत्कालीन वार्ता टोलीका सदस्यले भने, ‘अब संवाद गर्ने भन्ने छ । प्रधानमन्त्रीज्यू पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।’ प्रधानमन्त्रीले पनि विप्लवप्रति नरम नीति लिएको र आक्रामक अभिव्यक्ति दिन छाडेको ती सदस्यले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।