२६ असार २०८३, शुक्रबार

राजपालाई सभामुखको व्यंग्य : आज नयाँ कुरा छ कि उही पुरानो ?

राजपालाई सभामुखको व्यंग्य : आज नयाँ कुरा छ कि उही पुरानो ?

काठमाडौं – प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद उठेर विरोध गर्ने नियमित कर्मझै भएको छ । 

बैठकको शुरूमै उठ्ने, सभामुखसँग समय लिएर बोल्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने र आन्दोलनको चेतावनी दिने गरेको छ ।

संसदमा तेस्रो दलको हैसियतमा रहेको दलको यो नियमित कर्मजस्तो देखिन्छ । बुधवारको बैठकमा पनि त्यही दृष्य देखियो । 

राजपाका सांसद उठेको देखेपछि सभामुख कृष्णबहादुर महराले सोधे, ‘आज त नयाँ कुरा छ कि उही पुरानो कुरा माननीय ?’

त्यसपछि सभामुख महराले राजपाका प्रमोद साहलाई समय दिए । उनले तराई मधेसमा भएको आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित सर्वोच्च अदालतमा पूर्व न्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । 

‘२०२८ सालमा झापामा भएको आन्दोलनमा प्रधानमन्त्री ओलीज्यूले नेतृत्व गरेको त्यो आन्दोलनमा धेरै जनाको ज्यान गएको थियो । माओवादी आन्दोलनमा धेरैको ज्यान गयो, कोही जेल गएनन्, जननिर्वाचित सांसद रेशम चौधरी पनि किन जेल जानुपर्ने, थारुको बच्चा भएरै ?’ उनले भने । 

सांसद साहले सरकारले सभामुखको रुलिङको बेवास्ता गरेको आरोप लगाए । राजपाको मागको विषयमा यसअघि सभामुख महराले पटक–पटक रुलिङ गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्