
नयाँदिल्ली– १७ औं लोकसभा निर्वाचनको मतगणना बिहीबार हुँदैछ । ११ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा भएको चुनावको मतगणना बिहीबार हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मतदानमा ६७ दशमलब ११ प्रतिशत भारतीय सहभागी भएका थिए ।
यसपटक १० मध्ये ९ एक्जिट पोलमा एनडीए गठबन्धनको स्पष्ट बहुमत आउने अनुमान गरिएको छ ।
सन् २०१९ को भारतीय लोकसभा चुनाव अन्तर्गत ५४२ संसदीय सिटमा भएको मतदान भएको थियो ।
इलोक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) मार्फत मतदान भएको र गणनालाई भोटर–भेरिफाइड पेपर अडिट ट्रेल (भीभीप्याट) सँग मिलाएर गर्न लागिएकाले सम्पूर्ण परिणाम साँझसम्म आउने अपेक्षा गरिएको छ ।
मत परिणाम सार्वजनिक भएपछि असन्तुष्ट समुहबाट हुन सक्ने हिंसाका लागि भारतको केन्द्रीय गृह मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले भारतका सबै प्रदेशका मुख्य–सचिव र प्रहरी महानिर्देशकलाई विहिबार हिंसा भडकिन सक्ने भन्दै उच्च सतर्क रहन पत्र पठाएको छ ।
सन् २०१९ को लोकसभा चुनाव सात चरणमा ६ हप्तासम्म चलेको थियो ।
पहिलो चरणमा ९१, दोस्रो चरणमा ९७, तेस्रोमा ११७, चौथो चरणमा ७१, पाँचौंमा ५१ र छैठौं–सातौंमा समान ५९ सिटमा मतदान भएको थियो ।