काठमाडौं – भारतीय जनता पार्टी एक्लैले बहुमत ल्याउने लक्षण देखाएपछि भारतीय राजनीतिको इतिहासमा पहिलोपटक गैरकांग्रेसी सरकारले बहुमतका साथ दोस्रो कार्यकाल चलाउने लक्षण देखिएको छ ।
यसअघि जवाहरलाल नेहरुले लगातार तीनपटक र इन्दिरा गान्धीले लगातार दुईपटक कांग्रेसलाई पूर्ण बहुमत दिलाएर सरकार बनाएका थिए ।
नेहरुले सन् १९५२, १९५७ र १९६२ मा चुनाव जितेका थिए ।
इन्दिरा गान्धीले सन् १९६७ र १९७१ को चुनाव पूर्ण बहुमतका साथ जितेकी थिइन् ।
मोदीले अहिले इन्दिराको बराबरी गरेका छन् । सन् २०१४ मा उनको नेतृत्वमा भाजपाले २८२ सीट जितेको थियो । यसपालि पनि उसले २८० भन्दा बढी सीट जित्ने लक्षण देखाएको छ ।
एजेन्सी