२२ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले दिए नरेन्द्र मोदीलाई बधाई !

प्रधानमन्त्री ओलीले दिए नरेन्द्र मोदीलाई बधाई !

काठमाडौं – भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले जितेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

मतगणना जारी रहेकै बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मोदीलाई बधाई दिएका छन् ।

मतगणनामा नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । विपक्षी कांग्रेस नेतृत्वको यूपीए गठबन्धन र अन्य पार्टीको कमजोर प्रदर्शन रहेको छ ।

प्रधानमन्त्री ओलीले कार्यकालको सफलताको शुभकामना दिँदै आगामी दिनमा अझै निकट भएर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्