२४ असार २०८३, बुधबार

३० हजार माछा मरेपछि कृषक चिन्तित

३० हजार माछा मरेपछि कृषक चिन्तित

धादिङ- नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् ।

तीन महिनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताए । 

टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र  माछा मर्ने गरेको छ । बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछा मरेपछि आफू समस्यामा परेको उनको भनाइ थियो । 

चार वर्षदेखि माछापालन गर्दै आएका तामाङको चार पोखरीमध्ये सबैभन्दा ठूलो पोखरीमा रहेको माछा सखाप भएपछि मरेका माछाले दुर्गन्ध फैलिएको छ । वर्षको एक लाख ७० हजार रुपैयाँ भाडा तिरेर माछापालन गरिरहेका उनले जिल्लामा रहेको भेटेनरी अस्पतालमा सम्पर्क गर्दा माछाविज्ञ नभएको अस्पतालका सूचना अधिकारी घुरन मण्डलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्