२९ असार २०८३, सोमबार

बनारसमा जीतको कीर्तिमान तोड्दै मोदी !

बनारसमा जीतको कीर्तिमान तोड्दै मोदी !

काठमाडौं – भारतको सबभन्दा चर्चित लोकसभा सीटमध्ये एक बनारसमा प्रधानमन्त्री नरेन्द्र मोदी शानदार जीततर्फ बढिरहेका छन् । 

चुनाव आयोगको आँकडा अनुसार, मोदी साढे २ लाख भोटका साथ अघि छन् । 

समाजवादी पार्टीकी उम्मेदवार शालिनी यादव दोस्रो र कांग्रेस उम्मेदवार अजय राय तेस्रो स्थानमा छन् । 

बिहीवार अबेर परिणाम घोषित हुनेछ । 

बनारसमा यसपटक ५६.९७ प्रतिशत मानिसले मतदान गरेका थिए जुन अघिल्लो चुनावभन्दा २ प्रतिशत कम छ । 

सन् २०१४ मा मोदीले यस सीटबाट ५ लाख ८१ ह्जार भोट पाएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी अरविन्द केजरीवाललाई लगभग पौने ४ लाख भोटले हराएका थिए । 

अजय रायले चाहिँ ७६ हजार भोट पाएका थिए । 

आँकडा हेर्दाखेरी सन् १९९१ पछि भएका सात चुनावमध्ये ६ मा भाजपाले जीत हासिल गरेको थियो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्