१६ असार २०८३, मंगलबार

‘डाक्टर अंकल’ को सम्झनामा शोकमग्न शहर

जेठ १०, २०७६
‘डाक्टर अंकल’ को सम्झनामा शोकमग्न शहर

विराटनगर–वरिष्ठ बालरोग विशेषज्ञको रुपमा चिनिएका दिंवगत डा विमल अग्रवालको असामयिक निधनले यस क्षेत्रका वयस्क मात्र होइन बालबालिका पनि शोकमग्न छन् ।

 ‘अग्रवालले उपचार गरेका हरेक बालबालिक निको भएरै छाड्थे’ अभिभावकहरु यस्तै टिप्पणी गरिरहेका छन् ।

६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४१ वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर उपचारका लागि स्थानीय नोबेल अस्पताल पुग्नु भएको थियो । उपचारकै क्रmममा डा। अग्रवालको मस्तिष्कघातका कारण निधन भयो । नर्भिक अस्पतालको लापर्वाहीका कारण निधन भएकोमा एकातिर स्थानीयवासीमा आक्रोश छ भने अर्कातिर उहाँको परिवारप्रति समवेदना पनि छ ।

पछिल्लो एक दशकमा विभिन्न स्वास्थ्य सस्थामार्फत डा। अग्रवालले हजारौ बालबालिकाको उपचार गर्नुभएको छ भने सयांै बच्चालाई नयाँ जीवनदान दिनुभएको छ । वैशाख २४ गते आफै गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाल मस्तिष्कघातपछि नौ दिनसम्म अस्पतालको शय्यामा रहनुभयो ।

डा। बिमलको दैनिक सिघ्र स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका उनका शुभचिन्तहरु अहिलेपनि आफना बच्चाका डा। आफूहरु माझ छैनन् भन्नेमा विश्वास गर्न सकिरहेका छैनन् । अस्पतालमा दैनिक २ सयसम्म अस्पतालमा पुगेका सुभेच्छुक अहिले उहाँको घरमा पुग्ने गरेका छन् ।

डा। अग्रवालका बुबा सावरमल अग्रवालले भावुक हुदै छोरो बिमलले ठूलो परिवारलाई पूर्ण रुपमा सम्हालेको बताए । लामो जिबनको सुरुवातमा श्रीमान गुमाएकी चिकित्सकसमेत रहेकी श्रीमती कोपिला श्रीमान्को मृत्युपछि अहिले बोल्नसक्ने स्थितीमा छैनन् । डा अग्रवालकी एकमात्र छोरी विक्षिप्त छिन् । दैवले कलिलै उमेरमा आफना बुवालाई टिपेर लगेपछि उनको मुहारबाट उज्यालो हराएको छ ।

करिब एक दर्जन सामाजिक संघसस्थामा आबद्ध रहनु भएका उहाँ राउण्ट टेबल ११ का सस्थापक अध्यक्ष हुनुहुन्छ । राउण्ड टेबलले उहाँकै नेतृत्वमा केही वर्षदेखि कोसी अन्चल अस्पतालमा रक्तअल्पता सम्बन्धी थालेसिमिया रोगका चार दर्जन गरीब बालबालिकालाई उपचार गराई रहेको थियो ।

उहाँको दाहसस्कारमा विराटनगरवासीको जनलहर नै उर्लेको थियो । 

विराटनगरका बरिष्ठ डाक्टरहरु, महानगरका मेयर, राजनीतिक दलका नेता, शैक्षिक क्षेत्रका व्यक्तित्व, आफन्त र शुभचिन्त पुगेका थिए । बैशाख २४ गते नोबेल अस्पताल भर्ना भएका डा।अग्रवालको उपचारका क्रममा मंगलबार राति १०ः५८ मा निधन भएको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्