३२ असार २०८३, बिहीबार

जीपबाट हाम फाल्दा १ जनाको मृत्यु

जीपबाट हाम फाल्दा १ जनाको मृत्यु

बैतडी – गुडिरहेको जीपबाट हाम फाल्दा बैतडीमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौंतर्फ आइरहेको म१ज ११९ नम्बरको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जीप ब्याक गर्दा हामफालेको बताइएको छ ।

हामफाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

कोलीको बाटोमै मृत्यु भएपछि जीप छोडेर चालक जनक जोशी भागेका थिए । भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ  । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्