२९ असार २०८३, सोमबार

हारले तिलमिलाएकी ममता खोज्दैछिन् पार्टीका ‘गद्दार’

हारले तिलमिलाएकी ममता खोज्दैछिन् पार्टीका ‘गद्दार’

काठमाडौं – भारतको लोकसभा चुनावमा पश्चिम बंगालमा खराब प्रदर्शन गरेपछि तृणमूल कांग्रेसकी नेत्री तथा मुख्यमन्त्री ममता बनर्जीले पार्टीभित्र गद्दार खोज्न थालेकी छन् ।

टीएमसीका एक सूत्रले बताएअनुसार, भाजपाले विधानसभामा १२९ विधानसभा क्षेत्रमा अग्रता लिएको छ भने अन्य ६० क्षेत्रमा जम्मा ४ हजार भोट अन्तरले हारेको छ । यसले टीएमसीलाई निकै चिन्ता दिएको छ । 

सीपीएमबाट भाजपा र अझ टीएमसीबाटै भाजपालाई भोट दिलाउन सहायता गर्ने व्यक्तिहरूलाई पहिचान गर्न ममताले आफ्ना केही वरिष्ठ नेताहरूलाई निर्देशन दिएकी छन् । टीएमसीको आन्तरिक सर्वेक्षणले जंगलमहल तथा उत्तर बंगालमा गरीब मानिसहरूको भोट नपाइएको देखायो । त्यस क्षेत्रमा आदिवासीहरूको बाहुल्य छ ।

टीएमसीका एक वरिष्ठ नेताले नाम नबताउने शर्तमा भने, ‘पार्टीले शहरी र अर्धशहरी क्षेत्रमा आफ्नो समर्थन आधार कायम राख्न सकेको छ । हामीलाई लगभग ७० लाख सरकारी कर्मचारी र तिनका परिवारको भोट आएन किनकि सातौं वेतन आयोगका सिफारिशलाई राज्यमा लागू गरिएको छैन ।’

हारले गर्दा रिसाएकी ममताले अब पार्टीमा बढी जोड दिने र हरेक जिल्लामा जाने बताइन् । 

समीक्षा बैठकमा बसेका टीएमसीका अर्का नेताले भने, ‘विकास कार्यहरू चुनाव परिणाममा देखिएनन् । हाम्रा सबै भोटर अचानक देशभक्त बने । केही नेताहरू साह्रै भ्रष्ट चन् । उनीहरू स्थानीय विधायकसँग मिलेर पार्टीको नाममा पैसा असुल्छन् । त्यसले गर्दा जनता हामीसँग चिढिए । यी सबै नेतालाई पहिचान गरेर उनीहरूका विरुद्ध कडा कारवाही गरिनेछ । सीपीएमको भोट भाजपालाई गएको भन्ने कुरा टीएमसीको खराब प्रदर्शनको अति सामान्यीकरण हो ।’

तर सीपीएम ममता बनर्जीले केन्द्रमा महत्त्वपूर्ण भूमिका खेलेको हेर्न नचाहेको चाहिँ उनले स्वीकार गरे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्