०३ असार २०८३, बुधबार

मोदीले शपथग्रहणमा सबै छिमेकीलाई बोलाए, पाकिस्तानलाई छुटाए

मोदीले शपथग्रहणमा सबै छिमेकीलाई बोलाए, पाकिस्तानलाई छुटाए

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिँदा उक्त कार्यक्रममा पाकिस्तानबाहेक भारतका सबै छिमेकीका राष्ट्प्रमुख वा वरिष्ठ नेता उपस्थित हुने भएका छन् । 

अघिल्लोपटक मोदीले पाकिस्तानसहित सार्क मुलुकहरूलाई निम्तो पठाएका थिए । यसपालि चाहिँ उनले बिमस्टेक देशरूलाई निमन्त्रण गरेका छन् । 

बिमस्टेकमा नेपाल, भारत, म्यान्मार, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र भुटान छन् । पाकिस्तान बिमस्टेकमा पर्दैन र उसलाई निम्तो नपठाएर मोदीले दोस्रो कार्यकालमा आफू पाकिस्तानप्रति कठोर हुने संकेत दिएका छन् ।

आइतवार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदीलाई फोन गरेर बधाइ दिएका थिए । त्यतिखेर पनि मोदीले विकास र प्रगतिका लागि आतंक र हिंसामुक्त वातावरण आवश्यक रहेको बताएका थिए । 

पुलवामा आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण छ । 

मोदीले पाकिस्तानलाई शपथग्रहण समारोहबाट टाढा राखेर उसलाई कठोर सन्देश पनि दिएका छन् भने अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्ना छिमेकीहरूसँग सुसम्बन्ध देखाउन खोजेका छन् । त्यसैले उनले निकै विचार गरेर बिमस्टेक देशहरूलाई निम्तो पठाए । 

सार्कका तीन मुलुक पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सलाई उनले बोलाएनन् । तर दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण उनले माल्दिभ्सबाट शुरू गर्ने बताइएको छ । अनि अफगानिस्तानसँग पनि भारतको सम्बन्ध राम्रै छ ।

मोदीको शपथग्रहण समारोहमा किर्गिजिस्तानका राष्ट्रपति र मरिससका प्रधानमन्त्री पनि आउनेछन् । किर्गिजिस्तानले अर्को महिना शांघाई सहयोग संगठन शिखर सम्मेलनको आतिथ्य गर्दैछ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्