३१ जेठ २०८३, आइतबार

अन्धविश्वासको पराकाष्ठा, देबी खुसी पार्न अढाई वर्षे बालकको निर्मम हत्या

जेठ १७, २०७६
अन्धविश्वासको पराकाष्ठा, देबी खुसी पार्न अढाई वर्षे बालकको निर्मम हत्या

जनकपुर– वैशाख २३ गते अपरान्ह अढाई वर्षका बालक समीर (आर्यन) साह आँगनमा खेलिरहेका थिए । आमा रेणुदेवी नजिकैको बारीमा घाँस काट्दै थिइन् । 
छिमेकका सत्रुघ्न महतो नजिकैको इनारबाट पानी तानिरहेका थिए, जसलाई आर्यन ‘बाबा’ भनेर सम्बोधन गर्थे । 
बालक एक्लै खेलिरहेको बेला महतोले देखे । त्यसपछि आएर उनलाई आफ्नो घरमा लगेर अनि भैंसीको दूध दूहेर आर्यनलाई खुवाएर सुताए । 
परिवारले आर्यनलाई खोज्न थालेपछि उनी आर्यनलाई बोकेर नजिकैको झाडीमा लुके । साम्य भएपछि घर फर्किएका उनले त्यसको भोलिपल्ट पूजापाठसहित आर्यनको घाँटी रेटेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
पत्रिका लेख्छ–२५ दिन लामो अनुसन्धानपछि प्रहरीले आर्यन हत्याको यो डरलाग्दो तथ्य सार्वजनिक गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्