२७ जेठ २०८३, बुधबार

बाबुराम भट्टराईको दाबी : कांग्रेस र कम्युनिस्टबाट विकास सम्भव छैन

जेठ १७, २०७६
बाबुराम भट्टराईको दाबी : कांग्रेस र कम्युनिस्टबाट विकास सम्भव छैन

बुटवल – समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको विकास अब कांग्रेस र कम्युनिस्टबाट सम्भव नभएको बताएका छन् ।

उनले देशको विकास अब समाजवादी पार्टीले मात्र गर्न सम्भव हुने बताए । 

‘कांग्रेस र कम्युनिस्ट ब्राण्डका पार्टीबाट देशमा सुुशासन र समृद्धि हुन सक्दैन । जनताले यस्ता ब्राण्डका पार्टीहरूबाट देशमा आमुल परिवर्तन हुन नसक्ने बुझिसके । अब समाजवादी पार्टीबाट मात्र देशको विकास सम्भव छ,’ उनले भने ।

समाजवादी पार्टी प्रदेश नम्बर ५ समितिद्वारा शुक्रवार भैरहवामा आयोजित प्रादेशिक अभिमुखीकरणको क्रममा आएका डा. भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै दुईतिहाइको सरकारले पेश गरेको २ वटा बजेटबाट आमुल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने पुष्टि भएको बताए । 

मुलुकमा एकपछि अर्को गर्दै भ्रष्टाचारले सीमा नाघेकाले मुलुकमा कुनै पनि ढंगले सुशासन कायम हुन नसकेको दाबी गरे । उनले बुढीगण्डकी प्रकरण, वाइडबडी प्रकरणजस्ता काण्डले पनि त्यसको पुष्टि गरेको बताए । जनताले न्यायको अनुभूति गर्न नसकेको उनको भनाइ थियो ।

‘सबैलाई चाहिएको समृद्धि हो । संघीयताले देशमा दीगो ल्याउँछ समृद्धितर्फ जान्छ, जहाँसम्म संघीयताले मुलुकलाई धान्न सकिँदैन भन्ने कुरा गलत हो,’ उनले भने, ‘हिजो राजामहाराजाहरूले शासन गर्दा कुनै हिसाब नखोज्ने तर अहिले स्थानीय तहले लाख मूल्यका गाडी किने भनेर गलत सोच्न हुँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्