बारा – नक्कली नेपाली नोटसहित बारामा १ जनालाई प्रहरी पक्राउ गरेको छ ।
कोल्बी नगरपालिका–२ झुरझुरेका रौतहट मौलापुर नगरपालिका–९ बस्ने २७ वर्षका शिवदयाल महतोलाई १ हजार दरको १० थान नक्कली नेपाली नोटसहित बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोस्ट झुरझुरेबाट खटिएको प्रहरीले तामागढीबाट रौतहट विजयपुरतर्फ जाँदै गरेको ना९प ५४५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक महतोलाई नक्कली रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।