३० असार २०८३, मंगलबार

यसकारण सधैँ मोदीको विशेष महत्वमा एस जयशंकर

जेठ १८, २०७६
यसकारण सधैँ मोदीको विशेष महत्वमा एस जयशंकर

अमेरिकाका लागि राजदूत रहेका वेला हाल भारतीय विदेशमन्त्री बनेका डा. जयशंकरलाई प्रधानमन्त्री मोदीको विशेष रुचिमा दिल्ली डाकियो र विदेशसचिवको जिम्मा दिइयो । तत्कालीन विदेशसचिव सुजाता सिंहले कार्यकाल नसकिँदै जयशंकरका लागि स्थान खाली गर्नुपर्‍यो । 

यति मात्र होइन, समयावधि सकिएका विदेशसचिव जयशंकरको कार्यावधि एक वर्ष थपेर मोदीले विशेष महत्वव दर्साए । विजयकेशव गोखलेलाई पदभार बुझाएपछि जयशंकर टाटा गु्रपका जागिरे भए । दिल्लीमा केही महिनाअघि भएको रायसिना डायलगमा जयशंकर टाटा ग्रुपका तर्फबाट सहभागी थिए, जहाँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धबारे सम्बोधन गरेका थिए ।  

जयशंकरका पिता के सुब्रमण्यम भारतका पूर्वकूटनीतिज्ञ थिए । उनी रक्षा मन्त्रालयसम्बद्ध आइडिएसएका संस्थापक महानिर्देशक थिए । करिअर डिप्लोम्याटमध्ये मन्त्री हुनेहरूमा अहिलेसम्म के नटवर सिंह र उनी हुन् । नटवर सिंहलाई भारतीय कंग्रेसले प्रवद्र्धन गरेको थियो । पूर्वकूटनीतिज्ञ हरदीपसिंह पुरी पनि मोदी सरकारको मन्त्रिपरिषद्मा राज्यमन्त्री छन् । पूर्वसेनाप्रमुख भिके सिंह र पुरी यसअघि पनि राज्यमन्त्री थिए, अहिले पनि राज्यमन्त्री छन् । पूर्वविदेशसचिव जयशंकरले पूर्णमन्त्रीको जिम्मेवारी पाएका छन्, तर उनी सांसद छैनन् । उनले भाजपामा प्रवेश गरेको औपचारिक घोषणा पनि गरेका छैनन् । जानकारहरूका अनुसार चीन बुझेका र अमेरिकामैत्री छवि बनाएका जयशंकर र चीन बुझेका विदेशसचिव विजयकेशव गोखलेबीचको कूटनीतिक रसायनले भारतको विदेश नीति सञ्चालन गर्नेछ । नयाँ पत्रिकामा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्