
बैतडी – दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ ।
गाउँपालिकाका २० टुहुरा बालबालिकालाई मासिक २ हजार रुपैयाँका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले बताए ।
माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि मासिक २ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।
‘टुहुरा बालबालिले आमा बुवाको अभाव महसुस नगरुन् र उनीहरूको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौं,’ उनले भनिन्, ‘भत्ताले गरीबी निवारण र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने बिहे पनि अन्त्य हुने अपेक्षा गरेका छौं ।’