१३ असार २०८३, शनिबार

कलंकी–कोटेश्वर सडकमा दुर्घटना उच्च

जेठ २१, २०७६
कलंकी–कोटेश्वर सडकमा दुर्घटना उच्च

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार ११ महिनायता विस्तारित कलंकी–कोटेश्वर सडकखण्डमा भएको सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् ।

 २२९ जना घाइते भएका छन् । यो सडकखण्डमा एक सय ७० सवारी दुर्घटना भएका छन् । ‘विस्तारित कोटेश्वर–कलंकी सडक सञ्चालनयता सवारी दुर्घटनाको संख्या बढेको छ । धेरैले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या पनि त्यत्तिकै धेरै छ । यसलाई न्यूनीकरण गर्न हामीले लेजर स्पिड गन प्रयोग गर्न लागेका हौँ,’ महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले भने । यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्