
काठमाडौं – बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महारानी एलिजाबेथका अगाडि अनौठो हर्कत गरेका छन् । उनकी पत्नी मेलानियाले स्थिति सम्हाल्ने प्रयास गरेको भए पनि ट्रम्पलाई सामाजिक सञ्जालमा ट्रोल गरिँदैछ ।
सोमवार बकिङघम प्यालेसमा रानी एलिजाबेथसँग भेटघाटका क्रममा एलिजाबेथले घोडाको मूर्ति देखाएर यो कसले दिएको थाहा छ भनी सोधिन् । त्यसपछि ट्रम्प रनभुल्ल परे र थाहा छैन भने । त्यसपछि मेलानियाले भनिन्, ‘हामीले नै
रानीलाई यो उपहार दिएको हुनुपर्छ ।’ त्यसपछि सामाजिक सञ्जालमा ट्रम्पको मजाक उडिरहेको छ ।
पत्रकार एमिली एन्ड्रुसले ट्वीट गरेर भनिन्, ‘पोहोर साल मात्र विन्डसर प्यालेसमा रानीलाई ट्रम्पले घोडाको मूर्ति उपहार दिएका थिए । रानीले मूर्ति चिन्नुभयो भनी सोध्दा उनले चिनेनन् । अनि मेलिनाले यो मूर्ति हामीले नै रानीलाई दिएका थियौं भनिन् ।’
Trump was also shown the pewter horse that he’d given the Queen last year in his visit to Windsor. He was asked if he recognised it and he said “no”! Melania came to his rescue and said “I think we gave that to the Queen”. pic.twitter.com/SaIXvhUb7P
— Emily Andrews (@byEmilyAndrews) June 3, 2019
यसपालि चाहिँ ट्रम्पले रानीलाई एउटा तस्वीर उपहार दिएका छन् ।
ट्रम्प सोमवार बकिङघम प्यालेस पुग्दा उनको भव्य स्वागत भयो । उनलाई ग्रीन पार्कमा बन्दूकको सलामी दिइयो ।
अमेरिका र बेलायतबीच बलियो सम्बन्ध रहेको रानी एलिजाबेथ र ट्रम्प दुवैले बताए । दुई देशबीच ठूलै सम्झौतामा हस्ताक्षर हुने संकेत ट्रम्पले दिएका छन् ।
एजेन्सी