३० असार २०८३, मंगलबार

एनआईसी एशियाको इदमा निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा

एनआईसी एशियाको इदमा निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा

काठमाडौं- ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेबिट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोशाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरू, २९१ एटीएम, ४३ वटा एक्स्टेन्सन काउन्टर एवं ३१ वटा शाखारहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्