०३ असार २०८३, बुधबार

पेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जना पक्राउ
फाइल फोटो

काठमाडौं– पेस्तोलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ परेका छन् ।

विमानस्थलबाट नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौं आएका धनकुटा घर भएका २० वर्षीय संगम लिम्बु एक थान पेस्तोलसहित मंगलवार साँझ पक्राउ परेका हुन् । 

लिम्बुको सुटकेशभित्र कार्टुनमा उक्त वस्तुहरू फेला पारी विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएर थप आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्