२८ जेठ २०८३, बिहीबार

सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुष बढे

जेठ २४, २०७६
सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुष बढे

मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये  एक सय ३५ मुद्दा पुरुषका छन् । देवानी संहिता लागू हुनुपूर्व पुरुषले मुस्किलले एकरदुईवटा मात्र विच्छेदका मुद्दा दर्ता गर्ने गरेको जिल्ला अदालत ललितपुरले जनाएको छ ।

‘कानुनी प्रक्रियाको सहजताले सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्यामा वृद्धि भएको पाइएको छ,’ अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले भने, ‘पहिले सम्बन्ध विच्छेदसम्बन्धी कानुनमा पहुँच सहज नभएकाले पुरुष सम्बन्ध विच्छेद गर्न जाँदैनथे, अहिले कानुनी पहुँच सहज हुनाले सम्बन्ध विच्छेद गर्ने पुरुष तुलनात्मक रूपमा बढेका हुन् ।’नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्