२४ जेठ २०८३, आइतबार

कैलाली र कञ्चनपुरमा विनाशकारी आँधीको वितण्डा : यसरी हुँदैछ उद्वार र राहत वितरण

जेठ २४, २०७६
कैलाली र कञ्चनपुरमा विनाशकारी आँधीको वितण्डा : यसरी हुँदैछ उद्वार र राहत वितरण

धनगढी । विनाशकारी आँधीहुरीले सुदुरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला नराम्ररी  प्रभावित बनेको छ ।
सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी सुरज केसीका अनुसार हालसम्म २ जनाको ज्यान गएको छ भने ९९ जना घाइते भएका छन् ।

कैलाली जिल्लामा २ जनाको मृत्युु भएको हो भने ७६ जना घाइते भएका छन् । त्यस्तै कञ्चनपुरमा २३ जना घाइते भएको डिआइजी केसीले जानकारी दिए ।

मृत्यु हुुनेमा कैलाली टीकापुर नगरपालिका–२ का लहानु चौधरी रहेका छन् । उडेर आएको घरको जस्तापाता लाग्दा उनको मृत्यु भएको हो । त्यस्तै, आँधी हुरीकै क्रममा अनियन्त्रित भई टिप्पर र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा बा ३ प ३८३६ नम्बरको टिप्पर र से १ प ५८२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए । 

कैलालीमा  हालसम्म ७६ जना घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा गोदावरी नगरपालिका–२ का जनक मल्ल, उनको छोरा गौतम मल्ल गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि भारत रेफर गरिएएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका–१२ की सरीता जोशी र धनगढी उपमहानगरपालिका–२ की शिवचना चौधरी गम्भीर घाइते बनेकी छिन् । उनीहरुको उपचार सेती अञ्चल अस्पताल धनगढीमा भैरहेको प्रहरी निरिक्षक डाँगीले जनाए ।
यो क्षेत्रको विद्युत सेवा राती ८ बजेदेखि नै अवरुद्ध भएको छ । विभिन्न क्षेत्रमा विद्युतका पोलहरु ढल्न गई अवरुद्ध भएको जनाइएको छ । अधिकांशका घरका छाना उडेका छन्  भने वनजंगलमा रुखहरु सोत्तर परेका छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले उद्धार र राहत वितरणको कार्य सुरु भएको जनाएको छ । 

मुख्यमन्त्रीको सचिवालयले दिएको जानकारी अनुुसार विनाशकारी आँधी हुरीले करोडौंको क्षति भएको बताउँदै सरकारले तत्कालै उद्धार र राहत वितरणको कार्य सुरु गरेको जनाएको छ ।

घाइतेहरुको उपचारमा कुनुै कमी हुुन नदिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताएका छन् । विहानैदेखि अस्पतालहरुमा विरामीहरुको अवस्था बुझ्न निस्केका मन्त्री सुवेदीले सो कुरा बताएका हुन् ।यस्तै विभिन्न संघ संस्थाले पनि राहत संकलन र वितरणमा सक्रियता जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्