०८ असार २०८३, सोमबार

गतवर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थी १० हजार बढे

जेठ २४, २०७६
गतवर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थी १० हजार बढे

काठमाडौं । गतवर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको छ । गत वर्ष ८२ हजार बढीले परीक्षा दिएकोमा यो वर्ष ९२ हजारभन्दा बढी परीक्षामा सहभागी हुँदैछन् । कोरिया भाषा परीक्षा शनिबार र आइतबार हुँदैछ ।  ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार गत वर्ष कोरिया भाषाको परीक्षा दिने विद्यार्थीको संख्या ८२ हजार ३ सय ३५ रहेको थियो । यस वर्ष बढेर ९२ हजार ३ सय ७६ पुगेको छ । जसमा पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३ सय ६१ र महिलाको संख्या १४ हजार ९ सय ९५ रहेको छ । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्