
एजेन्सी- एबी डिविलियर्स यतिबेला चर्चामा छन् । उनले आफूले विश्वकप खेल्न चाहेको तर चयन समितिले आफ्नो प्रस्ताव रोकेको खबर केही दिनअघि मात्रै बाहिर आयो ।
चयनकर्ता लिंडा जोन्डीले उनलाई विश्वकपको टीममा नपारेकोबारे अभिव्यक्ति दिइसकेका छन् ।
यसैबीच उनले विश्वकपमा आफूहरूको ध्यान दक्षिण अफ्रिकालाई समर्थन गर्ने तर्फ जानुपर्ने बताउँदै ट्वीट लेखेका छन्, 'हामीले शुरूआती तीन वटा खेल गुमायौं । टीमले अझै लामो यात्रा गर्न बाँकी छ ।'
All that’s important is that we should all focus on supporting the team at the World Cup. There is a long way to go and I believe the boys can still go all the way #ProteaFire
— AB de Villiers (@ABdeVilliers17) June 6, 2019
उनले थपेका छन्, 'मलाई विश्वास छ, केटाहरूले केही गर्छन् ।'
दक्षिण अफ्रिकाले अहिलेसम्म इंग्ल्याण्ड, बंगलादेश र भारतसँग पराजय भोगिसकेको छ । हालसम्म दक्षिण अफ्रिकाले एक पटक पनि विश्वकप जितेको छैन ।