२१ जेठ २०८३, बिहीबार

स्याटेलाइट खरिदः भ्रष्टाचारले बदनामी कमाएको कम्पनीसँग सम्झौता तयारी

जेठ २७, २०७६
स्याटेलाइट खरिदः भ्रष्टाचारले बदनामी कमाएको कम्पनीसँग सम्झौता तयारी

काठमाडौं–भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र लक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालको स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ । 

तीन महिनाअघि समझदारीको हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणको क्रममा सम्झौता गर्ने तयारी छ । 

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ । यता सञ्चारमन्त्री गोकुल बास्कोटाले कम्पनीको क्षमतामाथि शंका गर्नुपर्ने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्