एजेन्सी- भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
सोमवार मुम्बईस्थित एक होटलमा पत्रकार सम्मेलन गरी उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
सन् २०११ मा भारतलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
युवराजले यसैवर्ष आईपीएलमा मुम्बई इन्डियन्सबाट खेले । तर उनले खासै मौका पाएनन् । सम्भवत: यसै कारण उनले आफ्नो भविष्यको योजनाबारे गम्भीरतापूर्वक लिएका हुन सक्छन् ।
सन् २००० मा डेब्यू गरेका युवराजले २०१७ को जुनदेखि एउटा पनि अन्तर्राष्ट्रिय म्याच खेलेका छैनन् ।
युवराजले ३०४ वान-डे, ४० टेस्ट र ५८ टी- ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।