३० जेठ २०८३, शनिबार

हत्या मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

हत्या मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका कटुञ्जेकी ३३ वर्षीया विजयेश्वरी प्रजापतिको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले पक्राउ गरेको छ । 

ब्यूरोले आइतवार पर्सा सुपर्णपुर–४ साविक वेगनास गाविस ५ कास्की घर भएका २५ वर्षीय (हाल ४४ वर्षीय) देवीरमण अधिकारीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरी सोमवार महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाइएको हो ।

विक्रम संवत् २०५७ असार ८ गते प्रजापतिको घरमा घरेलु कामदारका रुपमा रहेका अधिकारीले विजयश्वरीलाई कूटो र खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका प्रहरीले जनाएको छ ।

तत्कालीन समयमा मृतकका पति तुलसीभक्त प्रजापति पर्सा जिल्लाको जिल्ला वन प्रमुख रहँदा कार्यालयमा काम गर्ने अधिकारीलाई आफू सरुवा भएसँगै घरमा घरेलु कामदारका रुपमा राखेको पाइएको र मृतकसँग काम गरेवापतको ११ हजार रुपैयाँ पटक–पटक माग गर्दा नदिएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

हत्या गरी सुन, चाँदी र हिराका गहना तथा नगद चोरी गरी फरार भारतको रक्सौल, बनारस, महाराष्ट्रको पुणे र मुम्बईमा प्रकाश अधिकारीको नाममा बस्दै आएको अुनसन्धानबाट खुलेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्