०३ असार २०८३, बुधबार

लण्डन पुगे प्रधानमन्त्री ओली

लण्डन पुगे प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन पुगेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभाबाट सोमवार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गरे ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दूर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरू उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले मंगलवार आफ्ना बेलायती समकक्षी टेरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । बेलायती संसद्मा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ ।

प्रधानमन्त्रीसँग मंगलवार नेपाली दूतावासमा गैरआवासीय नेपाली संगठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक संगठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्