१० साउन २०८३, आइतबार

पुलमा लावरवाही गरेको भन्दै पप्पुलाई कारवाही गर्न सिफारिस!

पुलमा लावरवाही गरेको भन्दै पप्पुलाई कारवाही गर्न सिफारिस!

काठमाडौं– प्रतिनिधि सभा संसदको विकास तथा प्रविधि समितिले पप्पु कन्सट्रक्सन कम्पनीलाई कारावही गर्न सिफारिस गरेको छ । शुक्रवार विहान बसेको समितिको बैठकले काठमाडौंको तीनकुने र मीनभवन जोडुने गरी पप्पुले निर्माण गरिरहेको पुल गुणस्तरहीन रहेको भन्दै उक्त कम्पनीलाई कारवाही गर्न सिफारिस गरेको हो ।

गुणस्तरहीन पुल निर्माण गरिरहेको र काम रोक्न समेत निर्देशन दिइसकेको अवस्थामा  काम नरोकेको निष्कर्ष सहित समितिले कारावाही गर्न सरकारलाई सिफारिस गरेको हो । यसअघि समितिले उक्त पुलको स्थलगत अनुमगन गरेको थियो । स्थलगत अनुमगनका क्रममा पुल गुणस्तरहीन रहेको निष्कर्ष सहीतको प्रतिवेदन समितिले तयार पारेको छ ।

यसअघि पुल निर्माणको काम कमसल रहेको भन्दै सडक विभागले पप्पु कन्सट्रक्सनलाई पत्र पठाएको थियो । सडक विभागको पत्रको वेवास्ता गर्दै पुल निर्माणको काम अघि बढाइरहेको थियो ।
पुल निर्माणमा लापरवाही भएको भन्दै विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का सहीतको टोलीले गत जेठ २ गते पुलको अनुमगन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्