
काठमाडौं-काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित बिटेरी फार्मेसी र निलोपुलस्थित भैलबम फार्मेसीमा चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बिटेरी फार्मेसीका संचालक सुकेधारा बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-२ घर भएका ३७ वर्षीय बिनोद कुमार राउत र भैलबम फार्मेसीका संचालक काठमाडौं महानगरपालिका-४ निलोपुल बस्ने नन्द बहादुर बिष्ट रहेका छन् । दुबै फार्मेसीमा प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।