२८ जेठ २०८३, बिहीबार

ट्याक्सी दुर्घटनामा १ जनाको मृत्यु

ट्याक्सी दुर्घटनामा १ जनाको मृत्यु

बागलुङ – जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  ।

घटनामा २ जना घाइते भएका छन् । ध१ज ५१३ नम्बरको ट्याक्सी शुक्रवार राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा शनिवार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते हुनेमा नुवाकोट निवासी सवारीधनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की रहेका छन् ।

घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिए ।

रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडकदेखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्