
दाङ – पछिल्लो समय पक्राउ पर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूले हिरासतबाटै राजीनामा लेख्न थालेका छन् ।
यसलाई कतिले प्रहरीबाट फुत्कने रणनीतिका रूपमा लिएका छन् त कतिले साँच्चिकै उक्त समूह छाडेको ठानेका छन् ।
नेकपाका घोराही उपमहानगर इन्चार्ज सहदेव थारूले लामो समय हिरासत बसेपछि पार्टी परित्याग गरेको घोषणा गरे । १० वर्षे सशस्त्र द्वन्द्वमा समेत सामेल उनको यो घोषणाले धेरैलाई अचम्ममा पार्यो । त्यसपछि क्रमशः हिरासतमा रहेका अन्य नेताको पनि पार्टी छाडेको प्रेस विज्ञप्ति आयो । प्रहरीले उनीहरूलाई थुनामुक्त गर्यो । कान्तिपुरमा विस्तृतमा खबर छापिएको छ ।