२८ असार २०८३, आइतबार

काठमाडौंबाट ८२ जना पाकेटमार पक्राउ

असार १, २०७६
काठमाडौंबाट ८२ जना पाकेटमार पक्राउ
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका पाकेटमारहरु

काठमाडौं-प्रहरीले जेठ महिनामा मात्रै काठमाडौंबाट ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ । 

आइतवार महानरीय प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलन गरी विभिन्न सार्वजनिक सवारी साधनमा चोरीको घटनामा संलग्न ८२ जनालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर, काठमाडौंले एक महिना लामो अभियान सञ्चालन गरी पाकेटमारहरू नियन्त्रणमा लिएको हो । 

प्रहरीले सार्वजनिक यातायातमा विभिन्न कोड भाषा प्रयोग गरी पाकेट मार्ने गरेको जनाएको छ । 

'सार्वजनिक बसहरूमा विभिन्न बस पकेटमारहरू दुई-दुई जनाका दरले ६ जनासम्मको ग्रुप बनाइ बसभित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाइ अगाडि पछाडिबाट घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाइ मौका छोपी मोबाइल, नगद र सुनचाँदी पकेट मारी पालोपालो गरी ओर्लने देखियो,' परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने ।  

पक्राउ पर्नेहरूमा ७८ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरूबाट छ लाखभन्दा बढी नगद, २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्