०२ असार २०८३, मंगलबार

म्यान्मारका महिला चिकित्सकले पोस्ट गरिन् हट फोटो, लाइसेन्स रद्द

म्यान्मारका महिला चिकित्सकले पोस्ट गरिन् हट फोटो, लाइसेन्स रद्द

काठमाडौं – म्यान्मारमा एक सुन्दर महिलाले आफ्नो फेसबूक अकाउन्टमा हट तस्वीर पोस्ट गर्दा लाइसेन्स गुमाउनुपरेको छ । 

मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला चिकित्सकले त्यसको विरोध गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप भनिन् । 

२९ वर्षीया महिला चिकित्सक नाङ मी साले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्परा विरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स रद्द गरिदिएको हो । 

गत जनवरी महिनामै काउन्सिलले चिकित्सकलाई चेतावनी दिएको थियो । त्यतिखेर नाङले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । 

आफूले उपचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर नाङले बताइन् । 

म्यान्मारमा कुशल स्वास्थ्यकर्मीको कमी छ र यस्तो बेलामा यी डाक्टरको लाइसेन्स रद्द भएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्