२९ असार २०८३, सोमबार

प्रदेश २ मा सांसदलाई ३ करोड बजेट

असार १, २०७६
प्रदेश २ मा सांसदलाई ३ करोड बजेट

काठमाडौं –प्रदेश नम्बर २ सरकारले प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदहरूलाई ३ करोडका दरले बजेट विनियोजन गरेको छ ।

प्रदेश सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट पेश गर्दै प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उक्त कुरा बताएका हुन् ।

चालू आर्थिक वर्षमा सांसदहरूले २ करोड बजेट पाएका थिए । 

चालू आर्थिक वर्षमा प्रत्यक्ष निर्वाचित सांसदले जनही २ करोड बजेट पाउँदा २ अर्ब ३५ करोड बजेट छुट्टिएको थियो । अब त्यसमा १ अर्ब १७ करोड थपिएर ३ अर्ब ५२ करोड पुग्ने भएको छ ।

सांसद्हरूले पाएको रकम खर्च गर्नका लागि प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा त्यस क्षेत्रका समानुपातिक सांसद समेतको समिति रहने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्