२८ जेठ २०८३, बिहीबार

गुठी विधेयक विवाद सल्ट्याउन प्रधानमन्त्रीको सक्रियता, माधव नेपालले पनि गरे छुट्टै छलफल

गुठी विधेयक विवाद सल्ट्याउन प्रधानमन्त्रीको सक्रियता, माधव नेपालले पनि गरे छुट्टै छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गरेका छन् । साेमबार उनले काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट  प्रतिनिधिसभा र  राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा  नगरप्रमुख–उपप्रमुख र वडाध्यक्षसँग छलफल गरेका हुन् । 

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न जनप्रतिनिधिले आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्मा, सांसद पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ र अञ्जना बिसङ्खे, काठमाडौंँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले विधेयकका विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

    जनप्रतिनिधिको सुझावपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र यसबारे सरकारले चाँडै यथोचित निर्णय गर्ने बताइएको छ । 
यसैबीच नेकपाका वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपालले पनि प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरूसँग छुट्टै छलफल गरेका छन् । 

    सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरूले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेको र विधेयकका कारण जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

    विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदहरूले जोड दिएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्