×

NMB BANK
NIC ASIA

पेट्रोलियम ढुवानीमा संकटको संकेत, भ्याटको मामिलामा सरकार आक्रामक

असार ९, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौं – मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभएका पेट्रोलियम पदार्थ ढुवानीकर्ताविरुद्ध नेपाल आयल निगम आक्रामक देखिएको छ ।

Muktinath Bank

भ्याटमा दर्ता नभएका ढुवानीकर्तालाई निगमले प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिने भएको हो । भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा ढुवानीकर्ताले निगमबाट लिनुपर्ने स्वीकृतिलाई नै पीडीओ भनिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले आगामी आर्थिक वर्षको बजेटमा मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ ढुवानीकर्तालाई राखेको हुनाले पेट्रोलियम पदार्थ ढुवानीकर्ताले अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने भएको छ ।


Advertisment
Nabil box
Kumari

तर हालसम्म करीब १ सय वटा ढुवानीकर्ता मात्रै भ्याटमा दर्ता भएका निगमले जनाएको छ । निगमका अनुसार २ हजार ढुवानीकर्ता रहेका छन् । बजेट वक्तव्य सार्वजनिक भएपछि आन्तरिक राजस्व विभागले असार १२ गतेभित्र ढुवानीकर्ताले भ्याटमा दर्ता हुनुपर्ने र नभएमा पीडीओ नदिन निगमलाई पत्राचार गरेको छ ।

Vianet communication
Laxmi Bank

तर हालसम्म सय ढुवानीकर्ता मात्रै भ्याटमा दर्ता हुँदा पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा समस्या आउने देखिएको छ । ‘अस्तीको बजेटले मूल्य अभिवृद्धि लाग्ने वस्तुको लिस्टमा ढुवानीकर्तालाई पनि राखिदियो,’ निगमका एक अधिकारीले भने, ‘१२ गतेसम्म भ्याटमा दर्ता हुनुपर्ने र भ्याटमा दर्ता नभएका ढुवानी व्यवसायीलाई पीडीओ नदिन भन्दै आन्तरिक राजस्वबाट पत्र आएको थियो । त्यसैको कार्यान्वयनका लागि निगमले पीडीओ नदिने भएको हो ।’

हालसम्म भ्याटमा दर्ता भएका ढुवानीकर्ताले भने पीडीओ पाउने छन् । यस्तो अवस्थामा तुलनात्मक रुपमा बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या पर्न सक्ने जनाइएको छ । ‘अवश्य पनि २ हजार ढुवानीकर्ताबाट हुने आपूर्ति र १ सयले मात्रै ढुवानी गर्दा केही फरक त परिहाल्छ नै,’ ती अधिकारीले भने, ‘तैपनि १२ असारसम्म दर्ताको संख्या बढ्ला कि ?’

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सरकारले भ्याट कार्यान्वयन गर्न खोज्दा तत्काललाई केही असहजता देखिएपनि आपूर्तिमा समस्या नआउने दाबी गरे । ‘कतिपय यसअघि नै भ्याटमा दर्ता नै छन् । कतिपय दर्ता हुन्छन्,’ उनले सोमवार बिहान लोकान्तरसँग भने, ‘यो उद्योग मन्त्रालय र विशेषगरी अर्थ मन्त्रालयसँग सम्बन्धित विषय भएकाले उहाँहरूसँगै ढुवानीकर्ताले छलफल गरिरहेका छन् । आपूर्तिमा त्यस्तो समस्या हुँदैन ।’

त्यसबाहेक १२ गतेसम्म भ्याटमा दर्ता हुनेको संख्या समेत बढ्न सक्ने र आपूर्तिमा समस्या आउन नदिने दाबी पौडेलेले गरे । बिहीवारसम्म भ्याटमा दर्ता हुनेको संख्या बढ्नेमा आफू विश्वस्थ रहेको पौडेलेले बताए ।

तर ढुवानी व्यवसायीले तत्काल भ्याटमा दर्ता हुन नसक्ने बताएका छन् । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेन्द्र बोहोराले आफूहरूले भ्याटमा दर्ता हुनका लागि सरकारसँग समय माग गरेको र समय नदिए ढुवानी ठप्प हुन सक्ने समेत बताए । 

‘राज्यले लागू गर्न खोजेका नियम मान्दैनौं भन्ने होइन । हामीले मान्नुपर्छ,’ बोहोराले लोकान्तरसँग भने, ‘हामीले दर्ता हुँदैनौं भनेका छैनौं । भ्याटमा दर्ता हुनका लागि समय माग गरेका छौं । समय दिएन भने जे पनि हुन सक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x