१० साउन २०८३, आइतबार

बिहानै ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

बिहानै ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु
प्रतिकात्मक तस्वीर

अछाम – चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु भएको छ ।

से१त ७८३९ नम्बरको ट्रयाक्टर बुधवार बिहानै दुर्घटना हुँदा ३ जनाको मृत्यु र ४ घाइते भएका हुन् । 

मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउँद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउँद र कक्षा ८ मा अध्ययनरत काली साउँद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए ।

ट्रयाक्टर चालकले भने हामफालेर ज्यान जोगाएका छन् । अन्य ४ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

बुबाको हत्या गर्नेलाई १ लाख जरिवाना, १० वर्ष कैद

आफ्नै बुबाको हत्या गर्ने एक व्यक्तिलाई १० वर्ष कैद तथा १ लाख रुपैयाँ जरिवाना भएको छ । बुबालाई दाउराको चिर्पटले हानेर हत्या गर्ने चौरपाटी गाउँपालिका–५ लुंग्राका प्रेम ढोलीलाई अछाम जिल्ला अदालतले उक्त फैसला गरेको हो । 

कर्तव्य ज्यान कसुर मुद्दामा मंगलवार जिल्ला अदालत अछामले ढोलीलाई उक्त फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रेमले गत जेठ २९ गते राति घरमा बुबा मीने ढोलीलाई चिर्पटले हानेर हत्या गरेका थिए ।

यस्तै, जबरजस्ती करणी उद्योग कसुरमा पञ्चदेवल विनायक नगरपालिका–९ का दीपेश भुल पुर्पक्षका लागि कारागार चलान भएका छन् । अछाम प्रहरीले परिवर्तित नाम (ज्ञानी) लाई जबर्जस्ती करणी गरेको अभियोगमा गत जेठ २४ गते पक्राउ गरेको थियो । हिरासतमा रहेका उनलाई अछाम जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्