०६ असार २०८३, शनिबार

मृतक नगर प्रवक्ताको परिवारलाई १० लाख सहयोग

मृतक नगर प्रवक्ताको परिवारलाई १० लाख सहयोग

बैतडी – मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टका परिवारलाई नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

नगरपालिकाको मंगलबारको बैठकमा शोक प्रस्ताव पारित गर्दै वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका स्व. भट्टको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

स्व. भट्टका छोराछोरीलाई अध्ययन खर्च पनि प्रदान गरिने नगर उपप्रमुख जानकी बमले बताइन् ।

प्रत्येक वडाध्यक्षको १–१ महिनाको पारिश्रमिक र नगरपालिकामा कार्यरत कर्मचारीको १–१ दिनको पारिश्रमिक जम्मा गरी अध्ययनन खर्च उपलब्ध गराउने निर्णयसमेत भएका छ । वडा नम्बर ४ का वडा सदस्य लालबहादुर धानुकलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । 

नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नम्बर ३ का वडाध्यक्ष दलबहादुर धामीलाई र सामाजिक विकास समितिमा वडा नम्बर ६ का वडाध्यक्ष जगी साउँदलाई जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।

गत जेठ २९ गते बुधबार वडा कार्यालयबाट घर जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको असार ५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । नगर प्रवक्ता भट्टको निधनमा नगरपालिकाले असार ५ गतेदेखि ३ दिन शोक मनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्