२५ जेठ २०८३, सोमबार

ममता बनर्जीको नेतृत्वमा भाजपाविरुद्ध संगठित हुन मानेनन् कांग्रेस र सीपीएम

ममता बनर्जीको नेतृत्वमा भाजपाविरुद्ध संगठित हुन मानेनन् कांग्रेस र सीपीएम

काठमाडौं – भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय जनता पार्टीविरुद्ध संगठित हुन कांग्रेस र सीपीएमलाई गरेको आह्वान ती दुवै दलले अस्वीकार गरेका छन् । 

उनीहरूले पश्चिम बंगालमा भाजपाको उदय हुनुमा ममताको नीति नै जिम्मेवार रहेको बताएका छन् । 

ममताले बुधवार विधानसभामा भाषण दिँदै भाजपाले पश्चिम बंगालमा समानान्तर सरकार चलाउने प्रयास गरिरहेको बताएकी थिइन् । उसका विरुद्ध संघर्ष गर्न आफूलाई साथ दिन उनले कांग्रेस र सीपीएमलाई आग्रह गरेकी थिइन् । 

ममताको अपीलमा प्रतिक्रिया दिँदै कांग्रेसका वरिष्ठ नेता अब्दुल मन्नानले भने, ‘भाजपाविरुद्ध संघर्षका लागि हामीले ममतासँग सिकिरहनुपर्दैन । उनकै नीतिका कारण भाजपाले बंगालमा आधार खडा गर्न सकेको हो ।’

सीपीएम विधायक दलका नेता सुजान चक्रवर्तीले पनि कांग्रेसकै जस्तो प्रतिक्रिया जनाए । 

उता प्रदेश भाजपा अध्यक्ष दिलीप घोषले ममताको अपीलले उनको डर स्पष्ट भएको बताए । 

सन् २०२१ मा विधानसभा चुनाव हुन लागेको छ र भाजपाले टीएमसीविरुद्ध प्रतिस्पर्धा हुने देखेको छ । हालै सम्पन्न लोकसभा चुनावमा बंगालमा भाजपाले १८ सीट जितेर तृणमूल कांग्रेसको प्रमुख विपक्षी बनेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्