
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो ३ बजे हुने बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि र राष्ट्रिय सुरक्षा योजनाबारे छलफल हुने भएको छ ।
विप्लवका आपराधिक गतिविधि नियन्त्रण गर्ने क्रममा सरकारले दमन गरेको भन्दै सत्तारुढ दलकै नेताबाट संसदमै सरकारको विरोध भइरहेको छ । विप्लवका गतिविधि नियन्त्रण गर्ने विषयमा बैठकमा छलफल भएर संयुक्त योजना बनाइने जनाइएको छ ।
पछिल्लो समय सर्लाहीमा नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ गरिएको घटनापछि सरकार दबाबमा छ । राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी कानून बनाउन तयार गरिएको विधेयक समेत विवादित भइरहेका बेला बैठक बोलाइएको छ ।
सुरक्षा परिषद्मा प्रधानमन्त्रीसहित मन्त्री, सुरक्षा निकायका प्रमुख सदस्य रहने गरेका छन् ।
संविधानमै यस्तो छ सुरक्षा परिषद् सम्बन्धी व्यवस्था :
