२६ जेठ २०८३, मंगलबार

दूधको बोतल खोस्न आएको बाँदरले मारिदियो एक महिने बालिका

दूधको बोतल खोस्न आएको बाँदरले मारिदियो एक महिने बालिका

काठमाडौं – भारतको सम्भाल जिल्लाको जुनाभाइमा कोक्रोमा पल्टिरहेकी एक महिने बालिकालाई एउटा बाँदरले दूध लुट्ने क्रममा मारिदिएको छ । 

सुनिता देवीकी छोरी मारिएको घटना शनिवार भएको हो ।

उनी त्यतिखेर बरण्डा नजिक बसेर काम गरिरहेकी थिइन् भने बच्ची कोक्रोमा थिइन् । त्यतिखेर बाँदर आयो र उनीबाट दूधको बोतल खोस्न खोज्यो । 

बाँदरको घरको छतमा बसिरहेको थियो र उसले बोतल देखेपछि अचानक शिशुमाथि आक्रमण गर्‍यो । 

कोक्रोमा बाँदर झुण्डिरहेको देखेपछि आत्तिएर सुनिाताले गुहार लगाइन् । उनका परिवारका सदस्यहरू घरभित्रबाट आए अनि बाँदरलाई भगाउन खोजे । 

तर बाँदर भाग्दासम्म बच्चीलाई गम्भीर चोटपटक लागिसकेको थियो । 

उनलाई तत्कालै स्थानीय अस्पताल पुर्‍याइएको थियो तर बाटैमा उनको मृत्यु भयो ।

शिशुको शरीरमा गम्भीर आन्तरिक चोट लागेको चिकित्सकहरूले बताए ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्